kailali

Saturday 1 September 2012


अर्काको घरमा मेला-पर्म गरि गरि,
आफु नखाई ल्याउथे खाने कुरा पोल्टामा भरि-भरि ,
बर्षौ बिते पनी अहिले झैँ लागिरहेको छ ,
हिजो-आज आमाको साह्रै याद आइरहेको छ ,
कहिले हुन्थ्यो पोल्ट भरि कहिले हुन्थ्यो रित्तो,
तर पनी मलाई खुवाउथे सधै छिटो मिठो ,
आमा भन्ने जातै कस्तो दु:खमा नी हाँसीरहेको छ,
हिजो-आज आमाको साह्रै याद आइरहेको छ ,
न चर्को घाम न त मुसलधारे वर्षा भन्छन ,
परि आए सन्तानको लागि वर्षे भेलमा पौडी खेल्छन ,
रातको निद न दिनको भोक सबै भुलाइरहेको छ ,
हिजो-आज आमाको साह्रै याद आईरहेको छ ,
शरिरमा छैन कपडा सद्दे जताततै फाटेको हुन्थ्यो,
पाऊ पनी खालि भएर होला उसै
गरि काटेको हुन्थ्यो ,,
आफु लेख्न पढ्न नजाने पनी सन्तानलाई
स्कुलमा पढाइरहेको छ,
हिजो-आज आमाको साह्रै याद आइरहेको छ ,,,
किन होला हिजो-आज आमाको साह्रै याद
आइरहेको छ ,,,
किन होला हिजो-आज आमाको साह्रै याद
आइरहेको छ ,,,

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment