kailali

Saturday 1 September 2012


१२ नेपालीको घाँटी रेटी विभत्स हत्या भएको आज ८ वर्ष पुरा !!



१६ भदौ । रोजगारीका लागि इराक पुगेका १२ नेपालीको बर्बरतापूर्वक हत्या भएको आज आठ वर्ष पुरा भएको छ । कामका लागि इराक गएका नेपालीको २०६१ साल भदौ १६ गते सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले घाँटी रेटी विभत्स हत्या गरेको थियो । आजकै दिन अर्थात् २०६१ सालको भाद्र १६ गते राजधानी विहानैदेखि तनाबग्रस्त बन्न पुग्यो । राजधानीमा बिहानैदेखि आगजनी र तोडफोडका घटनाहरु भए । विशेषगरी वैदेशिक रोजगारसँग सम्बन्धित म्यानपावर कार्यालय र विदेशी सञ्चालकको मातहतमा सञ्चालन भएका नेपाली कार्यालयहरु तोडफोडमा परे । क्रुरतापूर्वक नेपालीको विदेशी भूमिमा हत्या भएपछि त्यसको आक्रोशमा उत्रिएका नेपालीहरुले भाद्र १६ गतेका दिन राजधानी लगायत मुलुकका विभिन्न स्थानमा भएका म्यानपावर लगायतका कार्यालयहरुमा तोडफोड र आगजनी गरेका थिए । सोही इराक हत्याको विरोधमा उत्रिएका नेपालीहरुले राजधानीमा रहेका म्यानपावरसहित विदेशी एयरलाइन्स र विदेशीले सञ्चालन गरेका कार्यालयहरु समेतमा आगजनी र तोडफोड गरेका थिए । विरोधमा उत्रिएकाहरुले त्यस्ता कार्यलयका सामानहरु सडकमा ल्याएर जलाएका थिए । ठाउँ–ठाउँमा टायर बालेर विरोधकर्ताहरुले नाराबाजी 

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment