kailali

Saturday 1 September 2012


बिश्वकै सबै भन्दा होचा व्यक्ति चन्द्र बहादुर
डाँगीले बिश्वकै होची महिला ज्योती अम्गेलाइ
भेटेका छन् | गिनिज बुकमा भर्खरी नाम
लेखाएका यी दुइ को भेट गिनिज बुक अफ वल्र्ड
रेकर्ड २०१३ सार्बजनिक गर्न
आयोजना गरिएको कार्यक्रममा भएको हो |
गिनिज रेकर्डमा दर्ता भैसकेको डाँगीको उचाई
५४.६ सेमी र ज्योतिको उचाई ६२.८
सेमी रहेको छ | बिश्वका सबैभन्दा होचा पुरुष
नेपालका ७२ बर्षीय चन्द्र बहादुर डाँगी हुन्
भने बिश्वकै होची महिला भने भारतकी १८
बर्षीय ज्योती अम्गे हुन् |
गिनिज रेकर्डसले गिनिज रेकर्डको इतिहासमा नै
बिश्वकै होचा पुरुष र बिश्वकै होची महिला बिच
भेट भएको यो पहिलो रेकर्ड हो भनेको छ | अब
डाँगीले अर्को नया रेकर्ड पनि राखेका छन् |
चन्द्रबहादुरले दौरा सुरवाल,
ढाकाटोपी लगाएका थिए भने र ज्योतिले
सारी र चोलो लगाएकी थिइन |
गिनिजबुकमा फेरी अर्को रेकर्ड दर्ता गर्न
पाएकोमा धेरै खुसि भएको बताए

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment