kailali

Saturday 1 September 2012


मुटु चिर्ने खुकुरीको धार, भेटेँ जता ततै ।
थेग्नै गाह्रो हुने गरि, मार भेटेँ जता ततै ।।

जिन्दगिमा निरन्तर लक्ष्य पुरा गर्छु भन्दा,
खुट्टा रोप्ने तिखा तिखा, तार भेटे जता ततै ।।

महान् मान्छे बन्नलाइ यात्रा सुरु गरेको त,
तारै तारले बेरिएको, बार भेटेँ जता ततै ।।

साहाराको खाचोँ पर्दा साथ छोडे आफन्तले,
मान्छे पनि पृथिबीको, भार भेटेँ जता ततै ।।

कम्जोरिको मौका छोप्दै नियतिले ठगेपछि,
आफैँ भित्र लज्जास्पद, हार भेटेँ जता ततै ।।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment