kailali

Tuesday 4 September 2012

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कामचलाउ प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकार विस्थापित गरी सहमतीय सरकार गठनका लागि तयार भएका छन् ।

दुई दिनसम्म चलको एमाले बरिष्ठ नेता केपी ओलीसँगको गोप्य भेटवार्तामा प्रचण्ड सरकार परिवर्तनका लागि तयार भएका हुन् ।आफ्नो पूर्वनिर्धारित भारत भ्रमण रद्द गरी ओलीले प्रचण्डसँग आइतबार र सोमबार राजधानीमा झन्डै चार घण्टा लामो गोप्य बार्ता गरेको खबर राजधानी दैनिकले छापेको छ।ओलीको गत आइतबार साँझ भारत भ्रमण् तय भएको थियो ।
स्वास्थ्य परीक्षणका साथै भारतीय नेतासँग समेत भेटघाट गर्ने कार्यक्रम रहे पनि ओलीले राजनीतिक गतिरोध तोड्न भन्दै भ्रमण रद्ध गरेका हुन् । यसअघिका भारत भ्रमणमा ओलीले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गरेका थिए ।यसपटक पनि भारतीय सरकारका सस्थापन र विपक्षी दलका नेताहरुसँग भेटबार्ता गर्ने कार्यक्रम तय भएपनि राजनीतिक निकासका लागि गम्भीर छलफल जरुरी भएको भन्दै ओलीले अन्तिम समयमा आफ्नो भ्रमण रद्द गरेका थिए ।

भ्रमण रद्द गरे लगत्तै आइतबार साँझ लैनचौरस्थित होटल मल्लमा प्रचण्ड र ओलीबीच डेढ घण्टा लामो वार्ता भएको थियो । दुई नेताबीच सोमबार पनि राजधानीकै एक गोप्य स्थानमा अढाई घण्टा लामो बार्ता भएको थियो ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment