kailali

Tuesday 4 September 2012

अरु संगै नाच्नु थ्यो त माया लायौ किन ?
मुटु तोडी जानु थ्यो त कसम खायौ किन ?

तिम्रै निम्ति कैयौं साँचे खुशी सधैं भरी

झुटो माया गर्नु थ्यो त मन्लाई धायौ किन ?

जति थिए मनमा मेरो खाली तिम्रै माया
सुट्ट भागी जानु थ्यो त मन्मा छायौ किन ?

झुटो माया गरि तिमीले पायौ के पो अरु
धोका दिनु थ्यो त तिम्ले मुटु दायौ किन ?

बोल्नु छैन अब कहिले साथ जोड्नु किन ?
मुटु तोडी गा’को मानिस फेरी आयौ किन ?  


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment