kailali

Saturday 1 September 2012

 पाँचथर रानीटार ५ घर भई फिदिम डेरा गरी वस्ने एक ब्यक्तिले आफनै श्रीमतीको छुरा प्रहार गरी हत्या गरेका छन् । 

फिदिमको शिक्षालाइनमा होटल गरी बस्ने ३८ वर्षिय दिपक भनिने मान बहादुर तामाङले श्रीमती २८ वर्षिय कमला तामाङलाई छुरा प्रहार गरी हत्या गरेका हुन् ।

शुक्रवार राती छुरा प्रहारवाट गम्भिर घाईते बनेकी तामाङको उपचकारको क्रममा शनिवार विहान विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरी निरीक्षक यामबहादुर पौड्यालले जानकारी दिनुभयो ।

घटनामा संलग्न तामाङलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment