kailali

Saturday 1 September 2012


सामान्यतया कुनै कपडा पसलसँग विदेश नीतिको नाता साइनो हुँदैन । तर, भारतको गुजरातमा हालै खुलेको एक पसललाई लिएर इजरायलले असन्तुष्टि जनाएको छ ।
पुरुषका कपडाहरु पाइने पसलको नाम हिटलर राखिएको छ र इजरायलको असन्तुष्टिको कारण पनि यहि हो । मुम्बईस्थित इजरायलका महावाणिज्यदूत ओरना सागीवले पसलको नामलाई असंवेदशनशील भन्दै उसले आफूलाई साँचै धक्का लागेको बताएका छन् । उनले आफ्नो प्रस्तावित गुजरात भ्रमणमा यसलाई मुद्दाका रुपमा उठाउने बताए । १० दिनअघि मात्र अहमदावादमा खुलेको पसलका मालिक राजेश शाह भने आफूलाई हिटलर को हो भन्नेबारे जानकारी नभएको बताउँछन् । आफ्नो पाटनरका दाईलाई बोलाउने नामबाटै पसलको नाम राखेको उनले बताए । उनले आफ्नो ब्राण्ड बनाउन लागेको खर्च ब्यहोरे पसलको नाम परिर्वतन गर्न तयार रहेको समेत बताएका छन् । हिटलर ब्राण्डको लोगो, होडिङबोर्ड र विसनेस कार्ड बनाउन डेढ लाख भारु लागेको उनले बताए ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment