kailali

Tuesday 4 September 2012

गर्भवतीबीच भुँडी देखाउन तछाडमछाड (फोटोफिचर सहित)
===============================

गर्भवती भएपछि जिउ ढाक्ने ग्वाम्लाङ्ङ ठूला लुगा लगाउनु पर्छ, छरितो लुगा लगाएमा त लाजमर्नु नै हुन्छ भन्ने मान्यता छ हामीकहाँ । गर्भवती महिलाले आफ्नो बढेको पेट द
ुनियाले देख्लान् की भनेर पछ्यौरीले भएपनि लुकाउने प्रयास गर्छन् । तर लुकाउँदैमा कहाँ पो लुक्थ्यो र बढेको पेट ? गर्भवतीले टू पिस लगाउने कुराको त हामीले कल्पना पनि गर्न क्दैनौँ ।

तर आखिर गर्भवती हुनु भनेको त गर्वको विषय पो हो त । किन यसरी लजाउनु पर्यो ? गर्भवती हुँदैमा महिलाको सुन्दरता कहाँ घट्छ र ? यदि खानपान तथा व्यायाममा ध्यान दिने हो भने त सुन्दरतामा झनै निखार पो आउँछ । तर भनेर भएन । हामीकहाँ चलनै यस्तै छ ।

हाम्रो समाजमा गर्भवतीले भुँडी लुकाउने संस्कार रहेपनि हालै अमेरिकामा भने गर्भवतीहरुबीच भुँडी देखाउने प्रतियोगिता नै भएको छ । गर्भवती भएपछि सुन्दरता गुम्छ भन्ने सोँच्नेहरुलाई चक्मा दिँदै अमेरिकाको हस्टनमा गर्भवतीहरुको बिकिनी प्रतियोगिता नै आयोजना गरिएको छ ।

प्रतियोगितामा गर्भ छिप्पिइसकेका १५ जना गर्भवती महिलाहरु बिकिनी लगाएर स्पर्धामा उत्रिए र बच्चा हुर्किरहेको बडेमाको भुँडी मज्जाले प्रदर्शन गरे । मातृत्व भनेको गर्वको विषय हो कुण्ठाको विषय होइन, गर्भवती महिला त झनै सुन्दर बन्छन् भन्ने कुरा देखाउन गर्भवतीहरुको बिकिनी प्रतियोगिता आयोजना गरिएको बताइन्छ ।
गर्भवती बिकिनी सुन्दरी प्रतियोगितामा ३२ हप्ताको गर्भ लिएर आएकी जेनिफर क्ले नामकी महिला विजेता चुनिइन् । उक्त प्रतियोगितामा केवल बिकिनी लगाउने काम मात्र थिएन, आमा बनिसकेपछि बच्चाको हेरचाह गर्ने कला पनि जाँचिएको थियो । कति छिटो बच्चालाई डाइपर लगाइदिने ? परिवारलाई कसरी खुसी राख्ने जस्ता कला पनि जाँचियो ।

गर्भवतीहरुले आफ्नो स्वास्थ्य कस्तो राखेका छन् ? वजन कत्तिको नियन्त्रण गरेका छन् भन्ने कुरालाई पनि प्रतियोगितामा प्राथमिकता दिइएको थियो । कतिपय गर्भवतीहरु आप\mना श्रीमान तथा ब्वायफ्रेण्डसँगै र्याम्पमा उत्रिएका थिए ।
स्मरण रहोस् पूर्वश्रम दिवसको अवसरमा अमेरिकामा यस्तो गर्भवती बिकिनी प्रतियोगिता ८ वर्षदेखि हुँदै आइरहेको छ ।

onlinekhabar

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment