kailali

Thursday 6 September 2012

नायीका कंगनाले विवाह र बच्चा नचाहेपछी छाडिदिए गोरे प्रेमीले Read more: http://nepaliheadlines.com/entertainment.html#ixzz25h45jNHJ

२१ भदौ, एजेन्सी । बलिउडकी नायीका कंगना रणावतको जीवनमा प्रेम र प्रेमीको लागी कुनै ठाउँ छैन् कि जस्तो लागेको छ । उनले आफ्नो अन्तिम अर्थात् ब्रिटिस डाक्टर निकोलस लैफटीसँग पनि आफ्नो प्रेम प्रसंगलाई पूर्ण विराम लगाइदिएकी छिन् । एक वर्षको प्रेमसम्बन्ध पछी पहिलोपटक गत जुनमा आफ्नो साथीको रूपमा चिनाएकी डाक्टर निकोलससँग अहिले उनको कुनै सम्बन्ध नरहेको बताइएको छ । 
यी दुई बिचको फुटको कारण भने भविष्यको चिन्ता बताइएको छ । कंगनाका नजिकका साथीले बताए अनुसार दुवैले आ-आफ्नो भविष्यबारे सोच्न थालेपछी दुईबिच कुरा नमिलेको र छुट्टिएका हुन् । निकोलसले कंगनासँग विवाह गरेर सन्तानसहित आफ्नो जीवन बिताउने सपना सजाएका थिए भने यता कंगनाले पहिले आफू बलिउडमा स्थापित भएर मात्र अन्य कुरा सोच्ने बताएपछी यी दुईको सपनामा आकाश-पाताल फरक परेको थियो र यही कारण यी दुईले आफ्नो करिव डेढ वर्ष लामो प्रेम सम्बन्धलाई पूर्णविराम नै लगाए । 
नायीका कंगनाका नजिकका मानिसहरूका अनुसार फिल्म क्षेत्रमा व्यस्त रहेकी नायीका कंगनाका प्रेमी डाक्टर निकोलस भने फिल्म क्षेत्रप्रति त्यति रूची नराख?ने व्यक्ति थीए । उनले फिल्म क्षेत्रलाई नरूचाउने र कंगनाले उक्त क्षेत्रमा नै आफूलाई स्थापित गराउने बताएपछी यी दुई सँगै जीवन बिताउन नसकिने निष्कर्षमा पुगेका हुन् । 


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment