kailali

Saturday 6 October 2012

५ हजारमा छोरा बेचेर आमाले मोबाइल किनिन्

भारतको उडिसास्थित जाजपुर जिल्लामा राक्षी नाम गरेकी एक महिलाले आफ्नो डेढ वषर्ीय छोरालाई ५ हजार भारुमा बचेर मोबाइल किनेकी छिन् ।
उनले छोरो बेचेर आएको ५ हजारमध्ये १४ सयको एक मोबाइल फोन, ११ सयमा दुई जिन्ससहितका कपडा र ५ सय रुपैयाँ वकिललाई दिएका छन् । जेलमा रहेका श्रीमानलाई छाटाउन उनले वकिललाई पैसा दिएका हुन् ।
स्थानीय सञ्चार माध्यमहरुले जनाए अनुसार शुक्रबार उडिशा हाइकोर्टले आफ्नोतर्फबाट एक पीआईइएल दर्ता गर्दै बच्चा खोज्न आमालाई बुझाउन जजापुर अदालतलाई आदेश दिएको थियो । अदालतको आदेश अनुसार प्रहरीले बच्चलाई कटक जिल्लाको नुआवटना गाउँका बाबुला बेहेराको घरमा भेट्टाएको थियो ।
बेचिएको बच्चालाई लिएर जाँदा राक्षीले लिन अस्वीकार गरेको जाजपुरका एसपी दीपककुमारले बीबीसीको हिन्दी शंस्करणलाई भनेका छन् । त्यसपछि बच्चालाई हाल बाn कल्याण समितिको जिम्मा लगाइएको थियो । समितिले भने बच्चालाई उनको हजुर आमालाई बुझाएको समाचारमा उल्लेख छ ।
आफ्नै सन्तान बेच्ने राक्षीविरुद्ध प्रहरीले मुद्धा चलाएको छ । तर, अहिलेसम्म कुनै कारबाही भएको छैन । घटनापछि परिबारले भने राक्षीलाई आफूसँग राख्न अस्वीकार गरेका छन् ।–एजेन्सीको सहयोगमा

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment