kailali

Saturday 6 October 2012

किशोरीको भुँडीबाट निकालियो भुत्लाको पोको

भारतमा एक किशोरीको पेटभित्रबाट रौँ को ठूलो पोको निकाल्न डाक्टरहरु सफल भएका छन् । सानो आन्ध्रा र आमासयको बीचमा गुजुल्टिएर रहेको झण्डै ४ पाउण्डको भुत्लाको पोको डाक्टरहरुले शल्यक्रिया गरी निकालेका हुन् ।
भारतको मध्यप्रदेशस्थित इन्दोरकी एक १९ वर्षीया किशोरीको पेटबाट चकको बाहिर गुजुल्टिएको भुत्लाको पोको शल्यक्रिया गरी निकालिएको हो ।
समाचार अनुसार ती किशोरी आफुलाई खाना खान तथा पानी पिउन समेत अप्ठेरो भएको भन्दै महाराजा यशवन्तराव अस्पतालमा उपचारका लागि पुगेकी थिइन् । उनको समस्या अनौठो देखेपछि ग्यास्ट्रो र्सजनहरुको एक टोलीले उनको पेटको शल्यक्रिया गरी भुत्लाको गुजुल्टो निकाल्न सफल भए । रौँ को गुजुल्टोभित्र ठूलो परिमाणमा विद्यालयमा लेख्न प्रयोग हुने चक भेटिएको थियो ।
ती किशोरीको कक्षाभित्र आफ्नै रौँ तथा लेख्ने चक खाने बानी रहेको र लामो समयसम्म यसरी चक र रौँ खाँदा पेटमा जम्मा भएको चिकित्सकहरुले बताएका छन् । पेटमा ठूलो परिमाणमा चक बाहिर रौँ गुजुल्टिएको पोको बनेपछि आन्ध्राबाट खाना भित्र जाने बाटो नै रोकिएको थियो ।
स्मरण रहोस् यसअघि सन् २००७ मा अमेरिकामा पनि एक महिलाको पेटबाट १० पाउण्डको भुत्लाको पोको निकालिएको थियो ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment