kailali

Sunday 8 April 2012

एउटै विद्यालयमा ३ जना हेडसर !

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

=================
नवलपरासी, चैत २६ – एउटा विद्यालयमा एकजना भन्दा बढी प्रधानाध्यापक पनि हुन्छन् भन्दा पत्याउन गाह्रो पर्छ तर नवलपरासीको एक विद्यालयमा यस्तै अवस्था छ । जिल्लाको धौवादी गाउँ विकास समितिको सुर्य ज्योति माध्यमिक विद्यालयमा एकैपटक ३ जना प्रधानाध्यापक कार्यरत छन् ।

विद्यालयमा प्रधानाध्यापक रहेकै बेला व्यवस्थापन समितिले अर्को प्रधानाध्यापक नियुक्त गरेपछि विद्यालयमा दुई जना प्रधानाधयापक थिए । जिल्ला शिक्षा कार्यालयले तेश्रो व्यक्तिलाई प्रधानाध्यापक तोके पछि विद्यालयमा प्रधानाध्यापकको संख्या तीन पुगेको हो ।

एउटै विद्यालयमा तीन जना प्रधानाध्यापक भएका कारण शैक्षिक गतिविधिमा असर पुगेको अभिभावकले गुनासो गरेका छन् । जिल्ला शिक्षा कार्यालयले एउटै विद्यालयमा तीन जान प्रधानाध्यापक हुँदा पनि चासो नदिएको भन्दै शिक्षक अभिभावकको आरोप छ ।

No comments:

Post a Comment