kailali

Sunday 8 April 2012

व्यर्थ कसम् खायो

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

नयाँ बर्ष आयो भन्दै के के गर्छौ अब !
उमंगले छायो भन्दै के के गर्छौ अब !!

हिड्छौ तिमी रातै भरी डिस्को तिर फेरी!
मिठो गीत गायो भन्दै के के गर्छौ अब !!

बाडुली त्यो कम्बरमा च्याप्प समाएर !
उस्ले मौका पायो भन्दै के के गर्छौ अब !!

नयाँ जोस हाँसी खुशी साट्यौ नशा बनी !
झुटो माया लायो भन्दै के के गर्छौ अब !!

होस् कहाँ हुन्छ तिम्रो प्यासी मन रुँदा !
व्यर्थ कसम् खायो भन्दै के के गर्छौ अब!!

No comments:

Post a Comment