kailali

Tuesday 10 April 2012

आफ्नै नांगो जिउ हेर्ने पाओलीको इच्छा

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

बंगाली अभिनेत्री पाओली दमले आफुलाई आफ्नो नांगो चित्र हेर्ने रहर जागेको खुलासा गरेकी छिन् । थ्री डी फिल्म टाइटानिक हेरेपछि आफुलाई यस्तो जंग चलेको पाओलीको भनाइ छ ।

पाओलीको चाहना यत्तिमा मात्र सिमित छैन । भारतीय पिकासो भनेर चिनिने चर्चित चित्रकार स्वर्गीय मकबुल फिदा हुसेन यो संसारमा फेरी आएर आफ्नो नांगो चित्र बनाइदिऊन् भन्ने उनको इच्छा रहेछ ।

हलिउड फिल्म टाइटानिकमा नायक लियोनार्दो डिकार्पियोले नायिका केट विन्स्लेटको नांगो चित्र बनाएको कथा समावेश गरिएको छ । हालै सो फिल्म हेरेकी पाओली सोही प्रसँगबाट प्रभावित भएकी रहेछिन् । ‘पाओली चाहन्छिन् मकबुल उनको नजिक आउन्, त्यसपछि पाओलीको आग्रह अनुसार मकबुलले उनको नांगो चित्र बनाउन्’ पाओली निकट श्रोतले बताएको छ ।

बंगाली फिल्मबाट चर्चामा आएकी पाओली विक्रम भट्टको फिल्मबाट बलिउडमा डेब्यु गर्ने तयारीमा छिन् । बलिउडमा दमदार इन्ट्री गर्ने उद्धेश्यका साथ उनले कडा मेहेनत पनि गरिरहेकी छिन् । तर बलिउडमा पाइला नटेक्दै पिकाशोको हातबाट आफ्नो नांगो चित्र बनाउने कल्पना गर्न थालेपछि उनको बलिउड मिसन कतै फ्लप हुने त होइन भन्ने शंका बढेको छ । आफ्नो काममा ध्यान दिन छाडेर असम्भव कुराको सिको किन गर्नु ?

No comments:

Post a Comment