kailali

Tuesday 10 April 2012

मासु खान नजान्दा नायिका जियाको झण्डै ज्यान गएन

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

भनिन्छ, खान पाए भनेर क्वाम्प नखानु । तर, एकजना नायिकाले यही कुराको मनन नगर्दा ठुलै दुःख मात्र भोगिनन् झन्डै ज्यान गएन । नायिका जिया केसीले चलचित्र ए.टी.एमको छायांकनको क्रममा खाना खाने क्रममा ज्यादै दुःखद घटना भोग्न पुगेकी छिन् । खाना खाने क्रममा कुखुराको मासु खाँदा उनको घाटिमा हड्डी अडि्कन पुगेको थियो । हड्डी अडि्कएपछि नायिका जिया वेहोस जस्तै हुन पुगिन् ।

उनको घाटीमा करिव १० मिनेटसम्म कुखुराको हड्डी अडि्कएपछि उनको शरीरले काम गर्न छोडेको थियो । घाटीमा सानो कुरा अड्कदा सास फेर्न गाह्रो भएर मानिस निक्कै अतालिने गर्दछ । तर, उनको घाटीमा अडि्कएको हड्डी ठुलो भएपनि उनलाई सास फेर्न निक्कै गाह्रो भएको थियो । अकस्मात छायांकन स्थलमा यो घटना हुन पुगेपछि चलचित्रको युनिट निक्कै अतालियो ।

निक्कै अतालिएको युनिटल जियालाई के गर्ने भन्ने बारेमा तत्काल निर्णय गर्न सकेन । करिव, ५ मिनेटसम्म पनि घाटीमा हडि्ड अडि्कएपछि जियाको हालत निक्कै विगि्रएको छायांकनमा सहभागी एक प्रत्यक्षदर्शीले बताएका छन् । यसपछि, उनलाई तुरुन्त अस्पताल लैजाने तयारी गरियो, जतिवेला जियाको हालत विगि्रसकेको थियो । अस्पताल लैजान तयारी भैरहदा वल्ल वल्ल उनको घाटीबाट हड्डी वाहिर निकालिएको थियो ।

यसरी, चलचित्र ए.टी.एमको छायांकनमा अपि्रय दुर्घटना हुनबाट जिया वचेकी छिन् । घटना लगतै अनलाइनखवरसँग कुरा गर्दै उनले भनिन्-मलाई वाच्छु जस्तो लागेको थिएन । सास फेर्न सकिन, के गरौं र कसो गरौं भयो । धन्न, वाँचियो, लामो सास फेर्दैै जियाले भनिन् । यसरी, नायिका जिया के.सी मासु खान नजान्दा अपि्रय दुर्घटना हुनवाट वचेकी छिन् । जिया जी, अव मासु खाँदा होस् पुर्याउने पो हो कि ?




No comments:

Post a Comment