kailali

Tuesday 10 April 2012

सरीर देखाउन के को लाज ?

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

चीनकी चर्चित भायोलिन बादक एनालिजा चिंग अहिले बेलायतको एउटा सांगितिक रियालिटी शो बि्रटेन गट ट्यालेन्टमा प्रतिस्पर्धा गरिरहेकी छिन् । हालै एक नग्न तस्वीर खिचाएर चर्चामा आएकी ली एनालिजाले आफ्नो नग्न पोजको बचाउ गरेकी छिन् ।

भायोलिनले गुप्तांग छोपेर तस्वीर खिचाएकी एनालिजाले डेलीमेलसँगको कुराकानीमा आफुलाई आफ्ना सरीरका अंग प्रदर्शन गर्न कुनै अप्ठेरो नहुने बताइन् । ‘मैले केही फरक गर्न चाहन्छु, मलाई लाग्छ आफ्नो सरीर देखाउन कसैले पनि लाज मान्नु आवश्यक छैन, आखिर हामी सबै मानिस नै हौँ र सबैका अंग एउटै हुन्’ उनले भनेकी छिन् ।

चीनको गुआंग्जी प्रान्तमा जन्मिएकी एनालिजाले बेलायतको रोयल एकेडेमी अफ म्युजिकबाट संगीत सिकेकी छिन् । उनले बेलायतमा विभिन्न प्रसिद्ध सांगितिक कार्यक्रममा आफ्नो कला प्रस्तुत गरिसकेकी छिन् । उनको भायोलिन बादनको बेलायतको राजपरिवार पनि फ्यान रहेको बताइन्छ ।

No comments:

Post a Comment