kailali

Sunday 8 April 2012

सुन्यताको दैलो खोली


सुन्यताको दैलो खोली तिमीसम्म आँए
भोग्नुपर्ने रै 'छ जीबन बल्ल थाहा पाँए ।
जीबन के हो माया के हो अर्थै नबुझी
ठगिएको भाग्य भंदै निरस गित गाँए।
जुन छुने इच्छाहरु ताराबीचै अल्झी
बेस्वादिलो समयको हार मात्र खाँए।
छेवैको कस्तुरीलाई चिन्न नसकेर
थाहा छैन छटपटिमा कहाँ कति धाँए।
खुलेको छ आज बाटो चारैतिर मेरो
त्यसैले त मुना-मुना *बसंतमा* छाँए ।

No comments:

Post a Comment