kailali

Sunday 8 April 2012

मन सँग मन को नाता


मन सँग मन को नाता तोड्नेलाई के भनौ र खै॥
आफ्नो स्वार्थ पुरा गरी छोड्नेलाई के भनौ र खै॥

बरबर आँशु खसाउदै मुटु भित्र डेरा जमाई॥
जानी जानी त्यही मुटु फोड्नेलाई के भनौ र खै॥

जिन्दगी को सुनौलो यात्रा तिमी सँगै गर्छु भनी
दोबाटो मैं पाईला अन्तै मोड्नेलाई के भनौ र खै॥

सँगै जिउछु सँगै मर्छु भाती-भाती का बाचा गर्दै
साची राखेको चौतारी नै गोड्नेलाई के भनौ र खै॥

चोखो माया लत्याएर धन को पछी हुम्मियौ
पैसा सँग मन मुटु जोड्नेलाई के भनौ र खै॥

No comments:

Post a Comment