kailali

Thursday 6 September 2012

छोराछोरीलाई आमाको न्यास्रो लागिरहेको थियो । तर उनको आइहाल्ने बेला भएको थिएन् । काम र दाममा समस्या भएको खबरले परिवारमा अलि चिन्ता बढाएको थियो ।मोरङ उर्लाबारी-२ की ४५ बर्षकी मुनादेवी दर्जीले एकाएक आफ्नो हत्या हुनै लागेको फोनबाट खबर गरिन् ।

गत बैशाखको तेस्रो साता मुनाले आफुले तलब माग्दा नदिएको र कुटेर हातको पाता खुस्काएको खबर रुँदै फोनमा सुनाइन् । ‘मलाई भोली मार्ने भएका छन्, के गरी हुन्छ बचाऊ भन्दै हुनुहन्थ्यो ।’ उनको जेठा छोरा अमनले सुनाए-’अन्तिम पटक परिवारसँग फोन गर भनेर फान गर्न दिएको कुरा ममीले रुदै सुनाउनुभयो ।’साउदी अरेवियाको दमामस्थित खोरारमा घरेलु कामदारका रुपमा गएको आठ महिनामा त्यस्तो पीडाको फोन सम्पर्क भएपछि परिवारको होसहवास उड्यो ।

उक्त फोन लगत्तै मुनालाई विदेश पठाउने झापा दमक १६ का एजेन्ट रामचन्द्र न्यौपानेकी श्रीमती रविना विरुद्ध इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी गरे रविनाले मारेको छैन तीन महिना समय दिन म सम्पर्क गराउँछु भने पनि चार महिना वित्दा सम्म मुनाले फोन पनि गरेकी छैनन् भने रविना पनि फरार भइन् । अहिले उनको खोजी गर्दा उनीहरुले दमक नै छोडेर अन्तै बस्न थालेकोले पिडित परिवार थप समस्यामा परेको छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment