kailali

Monday 10 September 2012

रेखाको लविङमा सञ्चारमन्त्रीको हाँसो


चलचित्र विकास वोर्डको अध्यक्ष बन्नका लागी लविङ गरिरहेकी नायिका रेखा थापाको दौडधुप देखेर सञ्चारमन्त्री राजकिशोर यादव अचम्ममा परेका छन् । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्रि डाक्टर बाबुराम भट्टराईलाई रेखाले भेटेर लबिङ गरिसकेकी छिन् ।
तर संचारमन्त्रि रेखालाई विकास वोर्डको अध्यक्ष बनाउने सुरमा छैनन् । श्रोतका अनुसार रेखाको लबिङ देखेर सञ्चारमन्त्री राजकिशोर यादव छक्क छन् । श्रोतका अनुसार बिकास बोर्डमा अध्यक्ष आफुले पठाउँने भन्दै रेखाले प्रचण्ड र बाबुरामलाई भेटेर केही नहुने यादवको भनाई छ ।
अध्यक्ष प्रचण्डले रेखाको नाम सञ्चारमन्त्रीलाई सिफारीश गरेका थिए । तर संचारमन्त्रि यादव भने रेखाको नाममा सकारात्मक छैनन् । यस्तै बोर्डको अध्यक्ष पदका लागी सञ्चारमन्त्री का कानुनी सल्लाहाकार सुरेश कार्कीको नाम पनि सुचिमा नरहेको वुझिएको छ । यसैले पनि बोर्डको नेतृत्व कसले गर्छ भन्ने अन्यौल केही समय लम्बिने निश्चित छ ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment