kailali

Saturday 8 September 2012

चढ्ने होइन त विश्वको सबैभन्दा लामो बस ?

के तपाइँलाई विश्वको सबैभन्दा लामो बसमा यात्रा गर्ने मन छ । यदि छ भने तपाइँको इच्छा अब पूरा हुने भएको छ तर मनको इच्छा पूरा गर्न तपाइँ जर्मनी जानुपर्नेछ ।
हो दुनियाको सबैभन्दा लामो बस अब तपाइँलाई यात्रा गराउनका लागि तयार भएको छ । यो बस १ सय १ फुट लामो छ भने यसलाई बनाउन झण्डै ९० करोड रुपैयाँ खर्च भएको छ ।
यो बसमा एक चोटीमा २ सय ५६ जना यात्रुले यात्रा गर्न सक्छन् । असाध्यै लामो यो बसलाई सडकमा नियन्त्रणमा राख्नका लागि रेलजस्तै गरी तिन भागमा बाँडिएको छ । यी ३ डिब्बालाई यसरी जोडिएको छ की कुनै मोडमा यी छुट्टाछुट्टै गरी मोडिन सक्छन् ।
अझ अनौठो कुरा त के भने बसलाई नियन्त्रणमा राख्नका लागि ४ वटा स्टेरिङ राखिएको छ । यो बस जर्मनीमा तयार गरिएकेा हो र यसलाई परीक्षणका लागि जर्मनकी ड्रेसडेनमा चलाइँदैछ । चीनले पनि यस्तो बस चलाउने चाहना राखेर जर्मनीको उक्त बस निर्माता कम्पनीलाई केही बसको अर्डर दिइसकेको छ ।
बस बनाउने कम्पनीले आफ्नो यो लम्बेतान बसले ट्राफिक व्यवस्थामा कुनै असर नपूराउने दाबी गरेको छ । चालकको पुर्ण नियन्त्रण मा रहने गरी बसको डिजाइन गरिएको उसको दाबी छ । यसलाई सजिलैसँग मोड्न सकिने कम्पनीको दाबी छ ।
स्मरण रहोस् विश्वमा अहिलेसम्म ८२ फुट लामो चिनिया बस नै सबैभन्दा लामो बसको रुपमा रहेको छ ।  त्यसअघि लण्डनमा पनि त्यस्तो लामो बस चलेको थियो । तर लामो बसले दर्ुघटना बढि गराएपछि त्यस्ता लम्बेतान बसको संचालनमा रोक लगाइएको थियो । हेरौँ अब यो जर्मन बसले कत्तिको सफलता प्राप्त गर्नसक्छ ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment