kailali

Saturday 8 September 2012

बस दुर्घटनामा १२ जनाको मृत्यु


२४ भदौ, गुल्मी । गुल्मीमा आज विहान भएको यात्रुबाहक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको  छ । गुल्मीबाट काठमाण्डौं आउँदै गरेको लु १ ख ५५८३ नम्बरको बस श्रृंगामा दुर्घटना भएको हो । मृतक मध्ये चार जनाको परिचय खुलेको छ । दुर्घटनामा गुल्मीका लालकुमार श्रेष्ठ र लक्ष्मी खनाल तथा अर्घाखाँचीका रणाबहादुर क्षेत्री र चन्दा भुसालको परिचय खुलेको प्रहरीले जनाएको छ । बस भिरमा अड्किएको हुँदा मृत्यु हुनेको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।
बस सडकबाट करिब दुर्इ सय मिटर तल खसेको छ । बसले २० जनाको चलान लिएर आउँदै गरेको बतार्इएको छ । घाइतेको उपचारका लागि पाल्पाको मिसन अस्पताल लाँदै गरेको पनि प्रहरीले जनाएको छ ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment