kailali

Saturday 8 September 2012

बिहेका लागि नयाँ वर्ष कुर्दै राजेश हमाल

बिहे गर्नका लागि सबैका आआफ्नै रोजाईको महिना हुन्छ । नेपाली सिनेमाका चर्चित नायक राजेश हमालले चाहिँ वैशाख महिनामा बिहे गर्ने सोचाई राखेको बुझिएको छ ।
आफूलाई जाडो मौसम मन नपर्ने भन्दै हमालले गर्मी मौसममा बिहे गर्न लागेका हुन् । गर्मी महिनाको रुपमा उनले वैशाखलाई रोजेका छन् । गर्मीले मात्र साथ दिएर पुग्दैन, प्रेमिकाको पनि साथ चाहिन्छ । प्रेमिकाले धोका नदिए हमालले २०७० सालको बैशाखमा विहे गर्ने तयारी कसेका छन् ।
विराटनगरकी मधु भट्टराईसँग प्रेम चक्करमा परेका नायक हमाल बिस्तारै सिनेमा भन्दा सामाजीक कार्यमा सक्रिय हुन थालेका छन् । सिनेमाबाट विस्तारै विश्राम लिँदै हमाल घरजम गर्ने तयारीमा लागेका हुन् ।
तर विहेका लागी हमालले गर्मी मौसम खोज्नुको रहस्य भने अचम्मको छ ।



Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment