kailali

Friday 7 September 2012

१ लाख २३ हजार रुपैयाँमा गाई


पञ्चकन्याको मलिमका डम्बरवहादुर घलेले चार वर्षअघि ५५ हजार रुपैयाँमा गाईको कोरली बेच्दा निक्कै चर्चा पाएको थियो । स्थानीय अशोक राईले भखरै १ लाख २३ हजार रुपैयाँमा गाई बेचेर त्यसको रेकर्ड तोडका छन् । राईले दोस्रो बेते गाई सुलुवुङका चुडामणी भट्टराईलाई त्यति धेरै रकम लिएर बेचेका हुन् । व्यवसायिक गाईपालन फस्टाएको यो गाउमा एउटा गाई लाख रुपैयाको हाराहारीमा बेच्ने कृषक उल्लेख्य छन् ।

'त्यसमा थप १५ हजार रुपैया मोल पाउने अपेक्षा गरेको थिए,' राई भन्छन्, 'चिनजानकै कृषक भएकाले त्यतीमै सहमत हुनुपर्यो ।' भखरै व्याएको गाईले दुईवटा बहर जन्माएको थियो । राईसूग त्यस्तै जातका अरु तीनवटा गाई छन् । यसअघि फिक्कल क्षेत्रवाटै ७० हजार रुपैया मूल्य तिरेर गाई लगेका भट्टराईले व्यवसायिक पालन गर्न महंगो रकम तिरेको वताए । 'चार दिन बसेर दुध दुहुदा चित्त बुझेपछि त्यती मूल्य हाल्न तयार भएको हु' उन्ले भने ।

एकदिनमा २८ लिटर दुध दिने होलिस्टियन फिजियन जातको गाईको मूल्य यस क्षेत्रको सवैभन्दा उच्च भएको आइतवारेस्थित पशुसेवा केन्द्रका प्राविधिक कृष्णचन्द्र झाले वताए । 'यो क्ष्ाेत्रमा होलिस्टेन जातका दुधालु गाईपाल्ने क्रम बढ्दै गएपछि मूल्य राम्रो पाउन थालेका छन्' उन्ले भने । केन्द्रका अनुसार यो क्षेत्रमा ५० प्रतिशत होलिस्टेन गाइ छन् ।

उन्कै छिमेकी पूष्प अधकारीलाई एउटै गाईको आम्दानीले घर व्यवहार चलाउन पुरयाएको छ । दैनिक २५ लिटरसम्म दुध दिने गाईको दुध बिक्रीवाट उन्ले मासिक १५ हजार रुपैयासम्म आम्दानी लिने गरेका छन् । छ वर्षको गाईलाई ग्राहकले १ लाख १० हजार मूल्य दिएको उनले बताए । त्यही गाईको कोरली धनकुटा सिजुवाका जनार्दन भट्टराईले ८४ हजार मूल्यमा लगेका थिए । यस क्षेत्रका कृषकले पालेका होलिस्टेन गाइको कोरलीको मूल्य अहिले एकलाख रुपैया हाराहारीमा छ ।

होलिस्टेन जातका गाई पाल्ने तीनवटा गाविसवाट मात्र दैनिक ९ हजार लिटर दुध बिक्री हुने गरेको सेवा केन्द्रका झाले वताए । 'पूर्वी गोदक, लक्ष्मिपुर र पञ्चकन्याका कृषकले यतिधेरै मात्रामा दुध उत्पादन गर्नु फस्टाउदो व्यवसायिक गाई पालनको उदाहरण हो,' उन्ले भने । गाइपालनलाई मूख्य आम्दानीको स्रोत बनाउदै आएका पञ्चकन्याका अनन्त भट्टराईले एउटा गाईको मूल्य १ लाख १ सय रुपैयाँ लिएका थिए ।

उन्नत जातका गाइको खोजीका लागि यहाँ जिल्लाबाहेक, झापा, मोरंग, धनकुटा, सीमापारी सिलीगुडी, पोख्रेबुङलगायतका क्षेत्रका कृषक आइरहने स्थानीय वताउछन् । २०४५ सालमा होलिस्टेन जातको गाइपाल्ने क्रम त्यस क्षेत्रमा सुरु भएको हो ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment