kailali

Saturday 8 September 2012

काठमाडौँ-हेटौंडा सुरुङ मार्ग निर्माण कात्तिकबाट


२३ भदौ, काठमाडौं । सरकारले उच्च प्राथमिकतामा राखेको काठमाडौँ-हेटौंडा सुरुङ मार्ग निमार्ण आगामी कात्तिकबाट सुरु हुने भएको छ ।
सरकारले निजी क्षेत्रलाई आयोजना निर्माणमा लागि अनुरोध गरेबमोजिम काम अगाडि बढाउन लागिएको हो । केही समय पहिले मात्रै आयोजनाको स्थलगत अध्ययन सम्पन्न भएको हो । काठमाडौँ, भिमफेदी, कुलेखानी, सिस्नेरी हुँदै मकवानपुरको हेटौंडा जोड्ने सुरुङमार्ग बनाउने काम आउँदो कात्तिकदेखि सुरु हुने नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले जनाएको छ ।
सरकारले सुरुङमार्ग निर्माण गर्न निजी क्षेत्रलाई जिम्मा दिएपछि नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले काम सुरु गरेको हो । हेटौंडाबाट भिमफेदीसम्म २१ किलोमिटरको सडक, तीन किलोमिटरको सुरुङ र कुलेखानीबाट काठमाडौँसम्म २४ किलोमिटरको सडक निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष कुशकुमार जोशीले जानकारी दिनुभयो । अहिले काठमाडौँ, भिमफेदी, कुलेखानी हुँदै हेटौंडा पुग्ने सडक मार्ग करिब ८० किलोमिटर लामो छ भने सुरुङमार्ग निर्माण भइसकेपछि ४८ किलोमिटरमा झर्नेछ ।
२० अर्बको लगानीमा निर्माण हुन लागेको सुरुङमार्ग निर्माणका लागि स्थानीय जनतालाई पनि निर्माणमा सहभागी गराउन सेयर जारी गरिने भएको छ । 

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment