kailali

Saturday 8 September 2012

गायिका अन्जु पन्त क्रिस्चियन बनिन्


चर्चित गायिका अन्जु पन्त उनको स्वरका कारणमात्र चर्चामा छैनन् । कहिले पतिसँगको सम्बन्ध, कहिले इन्टरेनटमा भेटिएका आपत्तिजनक तस्वीरको बिबाद त कहिले जाँडपानीका कुरा ।
पछिल्लोपटक अन्जुले आफुले धर्म परिवर्तन गरेको गुह्य खोलेकी छिन् । अन्जु क्रिस्चियन बनेको डेढ बर्ष भइसकेको आइतवार प्रकाशित नेपाल साप्ताहिकले छापेको छ । ‘सानैदेखि त्रिस्चियन धर्मप्रति रुची भएपनि अंगाल्न सकेकी थिइन’- अन्जुले भनिन- गीतसँगीतको सुरुवात नै मैले प्रभुका तीनवटा गीत गाएर गरेकी थिएँ ।’
उनी हरेक साताको शनिवार र बिहीवार वालाजु चर्चमा जान्छिन् । फुर्सद भयो भने यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सरिक हुन्छिन् । उनले आफ्नो सफलता र आत्मसन्तुष्टिको श्रेय पनि प्रभुलाई दिन्छिन् । अन्जुका सानाबा र सानीआमा बीरगंजस्थित चर्चका पास्चर बा र आमा छन् । उनैको प्रेरणाले अन्जु त्रिस्चियन बनेको हुन् । उनका दुई दिदी, दुई दाजु र आमा पनि त्रिस्चियन छन् ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment