kailali

Saturday 8 September 2012

नेपाली गायक गायिकाको आवाज भारतीय टेलिभिजनमा


भारतीय गायक तथा गायिकाको आवाजमा समावेश थुप्रै हिन्दी गीत नेपालका टेलिभिजनमा वर्षौ अघिदेखि घन्किरहेका छन् । तर अब नेपाली गायक तथा गायिकाको आवाज भरिएका गीत भारतीय टेलिभिजनमा पनि गुञ्जने भएको छ ।
राजु गिरीको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘पाण्डे द किलर’ नेपाली र हिन्दी भाषामा तयार हुदैछ । चलचित्रमा अर्जुन पोखरेलले संगीत भर्ने पक्का भैसकेको छ ।चलचित्रका लागी हिन्दी र नेपाली दुवै भाषामा गीत तयार हुने जानकारी अर्जुनले गराए । दुवै भाषामा संगीत गर्न पाउँदा आफूलाई निक्कै खुशी लागेको संगीतकार पोखरेलले बताए । अजुर्नका अनुसार नेपाली भाषामा भारतीय गायक गायिकाको आवाज रहनेछ । यस्तै हिन्दी भाषामा तयार हुने गीतमा नेपाली गायक तथा गायिकाले आवाज भर्नेछन् ।
हिन्दी भाषामा तयार भएका गीतलाई भारतका चर्चित दुई कम्पनी टी सीरीज र ईरोजमध्ये एकले खरिद गर्ने पक्का भएको छ । चलचित्र ‘पाण्डे द किलर’ को हिन्दी संस्करण भारतका विभिन्न हलमा प्रदशन हुने निर्माणपक्षको भनाइ छ । हिन्दी भाषाको प्रोमो तथा गीत भारतीय संचारमाध्यममा समेत बज्ने निर्माणपक्षको भनाइ छ ।
चलचित्रको नेपाली संस्करणमा नेपाली कलाकार र भारतीय संस्करणमा भारतीय कलाकारको अभिनय रहनेछ । चलचित्रलाई भारतमा बस्दै आएका दिनेश अर्यालले निर्माण गर्न लागेका हुन् । चलचित्र ‘पाण्डे द किलर’ को छायांकन आगामी असोज २० गतेबाट  हुदैँछ ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment