kailali

Tuesday 4 September 2012

विहारीलाई महाराष्ट्रबाट लखेट्ने ठाकरेको धम्की


१६ भदौ, काठमाडौं । असम हिंसापछि भारतका दक्षिणी राज्यमा जातीय हिंसाको त्रास फैलिरहेका बेला महाराष्ट्र नवनिर्माण सेनाका नेता राज ठाकेरेले सबै विहारीलाई महाराष्ट्रबाट लखेट्ने धम्की दिएका छन् ।
विहार पुलिसलाइ जानकारी नै नदिइ मुम्बइ पुलिसका एक जना अधिकृतले विहारी युवकलाई लगेपछि उनी विरुद्ध कानुनी कारवाही सक्ने बताएका थिए । त्यसलगत्तै ठाकरेले प्रहरी अधिकारी माथि कारवाही भए सबै विहारीलाइ लखेट्ने धम्की दिएका भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
विहार सरकारका सचिवले मुम्बइका पुलिस कमिश्नरलाइ पत्र लेखेर आफ्नो राज्यको प्रहरीलाई जानकारी नै नदिई कसैलाइ गिरफ्तार गर्नु गलत हुने भन्दै ती प्रहरी अधिकारी विरुद्ध कानूनी कारवाही गर्ने पत्र लेखेका छन् ।
विहारीहरुका कारण मुम्बइमा अपराध बढेको भन्दै ठाकरेले प्रहरीको अनुसन्धानमा बाधा पुर्‍याए सबै विहारीलाइ लखेट्ने धम्की दिएका हुन् । तोडफोडमा संलग्न रहेको आशंकामा प्रहरीले विहारको सीतामढीबाट ती युवालाइ सोमवार पक्रेको थियो ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment