kailali

Thursday 13 September 2012

विवादास्पद जेल अफगानलाई हस्तान्तरण

अमेरिकाले अफगानिस्तानको बग्राममा रहेको विवादास्पद जेल अफगानी अधिकारीलाई हस्तान्तरण गरेका छन् ।
सन् २०१४ मा नेटो सेनाको फिर्ती अगाडि नै सबै जेलको नियन्त्रण स्थानीय प्रशासनलाई हस्तान्तरण गर्ने पूर्व सम्झौता अनुसार बग्राम जेलको अधिकार हस्तान्तरण गरिएको नेटो सेनाले जनाएको छ । राजधानी काबुलबाट ४० किलोमिटर टाढा रहेको जेलमा ३ हजार तालिबान लडाकु र शंकास्पद आतंकवादी रहेका छन् ।
गएको मार्चमा भएको अधिकार हस्तान्तरण सम्झौताले बग्राम जेलमा रहेका ५० जना विदेशी कैदीलाई भने समेटेको छैन । नेटो सेनाका प्रवक्ता जेमी ग्रेबियलले जेलमा रहेकाहरुलाई स्थानिय अधिकारीहरुलाई हस्तान्तरण गरिएको तर, अफगानिस्तानमा शंकास्पद व्यक्तिलाई पक्राउ गर्ने र हिरासतमा राख्ने अधिकार भने अमेरिकासंगै रहने बताए ।
अफगानी राष्ट्रपति हामिद कारजाईले जेलको नियन्त्रण हस्तान्तरण गर्ने योजनालाई राष्ट्रिय सम्प्रभुताका लागि लागि ठूलो जीत भन्नुभएको छ ।
बग्राम जेल अफगानिस्तानमा रहेका जेलमध्ये सबैभन्दा विवादस्पद मानिन्छ ।गएको जनवरीमा अफगानी छानवीन टोलीले अमेरिकी सेनाले बगराम जेलमा रहेका कैदीलाई यातना दिने, बिना प्रमाण पक्राउ गर्ने र अपमानजनक रुपमा शरीर खानतलासी गर्ने गरेको गरेको भेटिएको भन्दै चर्को आलोचना गरेका थिए ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment