kailali

Thursday 6 September 2012

स्याङ्जाको पेलाकोटमा जीप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । ४ जना घाईते भएका छन् । पिढीखोलाबाट गल्याङका लागि छुटेको लु ज १०५० नम्वरको महिन्द्रा जीप पेलाकोट गाविस ३ थुममा दुर्घटनाग्रस्त भएको हो ।

जीप सडकबाट झण्डै सय मिटर तल खसेको स्थानीयवासीले जनाएका छन् । दुर्घटनामा परी एक वृद्धाको घटनास्थलमा नै ज्यान गएको हो । मृतकको परिचय नखुलेको र प्रहरीको टोली घटनास्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाईते ४ जनालाई उपचारका लागि गल्याङ ल्याउने तयारी भईरहेको छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment