kailali

Tuesday 4 September 2012

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले मंगलबार एसएलसी पुरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ६२ दशमलव ४ प्रतिशत अर्थात ७५ हजार ७ सय ४२ विद्यार्थी उत्तिर्ण भएका छन् ।

परीक्षामा विशिष्ठ श्रेणीमा दुई जना, प्रथम श्रेणीमा एक हजार ३६२ जना, द्वितीय श्रेणीमा ५३ हजार २३३ जना र तृतीय श्रेणीमा २१ हजार १६५ जना परीक्षार्थी उत्तिर्ण भएको उपनियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताउनुभयो ।
परीक्षामा सहभागीमध्ये २ सय २५ जनाको नतिजा स्थगित गरिएको छ भने ९१ जना परीक्षार्थीको नतिजा रद्द गरिएको छ । जसमध्ये ३५ जनालाई आगामी २०६९ सालको परीक्षामा समेत सहभागी हुन नपाउने गरी निष्कासित गरिएको छ ।
साउन १७ गतेदेखि २४ गतेसम्म भएको पुरक परीक्षामा १ लाख २४ हजार विद्यार्थी सहभागी भएका थिए । गत चैत्रमा भएको एसएलसी परीक्षामा बढीमा २ विषयमा अनुतिर्ण भएकाहरुले मौका परीक्षा दिएका हुन् । परीक्षामा सबैभन्दा बढी गणित, त्यसपछि अङ्ग्रेजी र विज्ञान विषयमा परीक्षा दिने परीक्षार्थी रहेका थिए ।
परीक्षाको नतिजा नेपाल टेलिकमको १६०० मा डायल गरी प्राप्त निर्देशनबमोजिम नतिजा सुन्न सकिनेछ भने टेलिकमको १४०० मा एसएमएस गरी प्राप्त गर्न सकिने छ ।

 

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment