kailali

Tuesday 4 September 2012

श्रीमतीकै सहयोग लिएर एक १५ वर्षकी युवतीलाइ निरन्तर बलात्कार गर्दै आएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर हरिसिद्धिका राजु महर्जनले विगत ६ महिना देखि गाउँकै १५ वर्षिय किशोरीलाई बलात्कार गर्दै आएका थिए।
उनले ति किशोरीको परिवारलाई समेत धम्क्याएर बलात्कार गर्ने गरेका थिए।
उनले आफ्ना दुइ श्रीमतीकै सहयोगमा यस्तो कुकर्म गर्ने गरेको पिडितको आरोप छ। राजुकाश्रीमतीहरु उनलाई स्कुलबाट फर्कनै बितिकै बोलाउन आउँथे र रातीमात्रै किशोर घर फर्कन्थिन्।
पछि पछी त किशोरीकै घरमा छिरेर बाबु आमाकै अगाडी बलात्कार गर्ने गरेको पिडितले जनाएका छन्। बाहिर कुरा लगे राम्रो नहुने भन्दै उनले बारम्बार परिवारलाई धम्क्याउनेगरेकाथिए। उनले ती किशोरीसंगको यौन सम्वन्धको भीडियो पनि तयार पारेका थिए। त्यही भीडियो देखाउँदै सार्वजनिक गर्ने त्रास पनि देखाउँदै आएका थिए। तर अति भएपछि किशोरीका बाबुआमाले प्रहरीको मा लिखित उजुरी गरे। हाल बलात्कारी राजुलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान शुरु गरेको छ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment