kailali

Saturday 8 September 2012

जुकरबर्ग विरुद्ध नक्कली फेसबुक पेज बनाएको आरोप


नक्कली पेज खोलिदिएर आफ्नो प्रतिष्ठामा ठेस पूराएको आरोप लगाउँदै एक जना भारतीय युवाले सोसल नेटवर्किङ साइट फेसबुकका संस्थापक मार्क जुकरबर्ग विरुद्ध अदालतमा मुद्दा हालेका छन् । आफ्नो फर्जी पेज बनाइदिएर प्रतिष्ठामा खेलवाड गरेको दाबी गर्दै प्रदीपले भारतीय अदालतमा मुद्दा दायर गरेका हुन् ।
३१ वर्षका प्रदीप उनै व्यक्ति हुन् जसमाथि जुकरबर्गलाई विभिन्न सन्देश पठाएर दुख दिएको आरोप लागेको थियो । प्रदीपले आफुलाई अनावश्यक सन्देश तथा इमेल पठाएर दुख दिएको भन्दै गएको फेब्रुअरीमा जुकरबर्ग स्वयं प्रदीप विरुद्ध अदालतमा गएका थिए । जुकरबर्गले अदालतसामु प्रदीप मनुकोँडाबाट आफ्नो सुरक्षामा खतरा पैदा भएको दाबी गरेका थिए । जुकरबर्गको उजुरी मुताविक अदालतले प्रदीपका नाममा निरोधक आदेश जारी गरेको थियो । अदालती आदेश पछि अमेरिकामा बस्दै आएका प्रदीप भारत फर्किनुपरेको थियो ।
सायद जुकरबर्गमाथिको रिस पोख्न वा बदला लिनका लागि होला अहिले प्रदीपले जुकरबर्ग विरुद्ध अदालतको ढोका ढक्ढकाएका छन् । प्रदीपका अनुसार जुकरबर्गले उनीविरुद्ध ‘युद्ध’ छेडेका थिए ।
वेबसाइट टिएमजेका अनुसार मनुकोँडाले जुकरबर्ग विरुद्ध घात गरेर पिठ्यूँमा छुरा धसेको आरोप लगाएका छन् । प्रदीपले दाबी गरेका छन् की जुकरबर्गले उनको फर्जी फेसबुक पेज बनाइदिएर उनी अलकायदाका सदस्य भएको कुरा पोष्ट गरिदिए । प्रदीपले जुकरबर्गबाट भैरहेको आफ्नो प्रतिष्ठामाथिको हमला रोक्न अदालतसमक्ष आदेशको माग गरेका छन् । प्रदीपको मुद्दामा आउँदो हप्ता सुनुवाइ हुनेछ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment