kailali

Saturday 8 September 2012

टम क्रुजको होटलमै बेइज्जती

हलिउड अभिनेता टम क्रुज निकै ह्याण्डसम मात्र छैनन् निकै घमण्डी पनि छन् । उनले आफ्नो चकलेटी स्वरुप प्रसिद्धीको गलत प्रयोग गर्न समेत पछि पर्दैनन् । उनी यति घमण्डी छन् की उनले अरु मान्छेलाई आफुभन्दा सधै तल देख्छन् र आफ्नो दाँजोमा कोही पनि आउन नसक्ने ठान्छन् ।
सायद यस्तै घमण्डका कारण होला उनलाई र्सवसाधारणले उतिसारो रुचाउँदैनन् र उनका फ्यान पनि कम नै छन् । उनको स्वभाव यति विचित्रको छ की कहिलेकाहीँ कुनै होटलमा एक्लै खाना खान जाँदा त्यहाँका होटल मालिकलाई होटलभित्र रहेका सबै पाहुनालाई बाहिर निकाल्न निर्देशन दिन्छन्, र सबै मान्छेलाई बाहिर निकालिएपछि मात्र आफु भित्र छिरेर मस्ती गर्छन् ।

उनले धेरैपटक यस्तो गरिसकेका छन् । तर हालै भने उनको यस्तो हरकत असफल मात्र भएन उनको ठूलै बेइज्जती पनि भयो । हालै मोन्टेनेग्रोको एक होटलमा पाहुनालाई बाहिर धपाएर आफु भित्र छिर्ने टमको योजना निस्फल भयो । उनले आफु आउन लागेको भन्दै बुटिक फोर्जा मेयर होटलका म्यानेजरलाई होटलमा रहेका मानिसलाई बाहिर निकाल्न अह्राएका थिए । तर टमको उक्त निर्देशनलाई होटलका म्यानेजरले पूरै इन्कार गरे । म्यानेजरले टमलाई मुखमुखै जवाफ दिए र भने तिमी आखिर को हौ – र आफुलाई के सम्झन्छौ -
आफ्नो दम्भ तोडिएपछि टम हेरेको हेर्यै मात्र भएनन् लाजले रातोपिरो भए । होटलमा भरिभराउ रहेका पाहुनालाई निकालेर टम क्रुजलाई हुल्नु सायद उक्त होटलको लागि नैतिकताको विषय थिएन, त्यसैले टमको निर्देशनलाई लत्याइदियो ।
चर्चित हुँ र शक्तिशाली छु भन्दैमा जे पनि गर्न खोज्ने टम क्रुजको घमण्ड तोडिदिएकोमा होटलका म्यानेजरलाई धन्यवाद ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment