kailali

Tuesday 4 September 2012


हृवाइट हाउसमै बीयर बनाएर खान्छन् ओबामा (भिडियोसहित)


१७ भदौ, काठमाडौं । हृवाइट हाउसले गोप्य राजको पर्दा उठाएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाको मन पर्ने पेय पदार्थ र बनाउने तरिकाबारे हालै मात्र हृवाइट हाउसले जानकारी दिएको छ । ओबामा घरमा नै बनाइने खास प्रकारको बीयरका शोखिन छन् । हृयाइट हाउसमा रक्सी अर्थात बीयर बनाउन गरिएको यो पहिलो पटक भएको अनुमान गरिएको छ ।
अमेरिकी राष्ट्रपति ओबामाले घरमा बनाएको बीयरलाई आफ्नो चुनाव अभियानमा पनि लगेका छन् र केही मतदातालाई चखाएका पनि छन् ।
१३ लाखले इन्टरनेटमा याचिका गरेपछि हृवाइट हाउसले बीयरबारे जानकारी सार्वजनिक गरेको हो । एक व्यक्तिले त सूचनाको अधिकारका रुपमा समेत यसबारे जानकारी मागेका थिए । चौतफी माग भएपछि हृवाइट हाउसले एक ब्लगको माध्यमबाट ओबामाको मन पर्ने बीयर र त्यसलाई बनाउने तयारी सार्वजनिक गरेको हो ।
यसरी बन्छ बीयर
उक्त बीयर बनाउन लाइट माल्ट एक्सट्रक्ट, ऐम्बर क्रिस्टल माल्ट, जिप्सम, मह, च्याउको धुलो र मकैको चीन प्रायोग गर्ने गरिन्छ । हृवाइट हाउसका एक अधिकारीले भनेका छन्-’जनताको बीचमा हृवाइट हाउसमा बनाउने बीयरको विषयमा यति धेरै कौतुहलता र जिज्ञासा भो कि हामीले सार्वजनिक गर्नु पर्‍यो ।’ बीयर बनाउन आवश्यक सबै सामाग्री ओबामा स्वयमंले नै ल्याउने गरेका छन् र त्यसको खर्च पनि उठाउँछन् ।
ब्लगमा बीयर बनाएँदै गरेको एक भिडियो पनि राखिएको छ । आलोचकहरुले बीयरका पछाडी राजनीति लुकेको बताएका छन् ।
अमेरिकाको नयाँ राष्ट्रपतिका लागि ओबामा मिट रोमनीसँग प्रतिस्पर्धा गर्दैछन् र उनी बीयर खाँदैनन् । राजनीतिको पुरानो मान्यता नै छ कि मानिसहरु उक्त व्यक्तिलाई भोट दिन्छन् जोसँग बसेर बीयर खान सकिन्छ ।
हेर्नुहोस भिडियो 

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment