kailali

Saturday 8 September 2012

गुलावको फूल टिपी दिन मन लागेको छ


गुलावको फूल टिपी दिन मन लागेको छ
तिमीलाई अंगालोमा लिन मन लागेको छ

डर लाग्छ सम्बन्ध नै टुटी जाने होकी त्यसै
तर कति राखुँ चाहा लुकाएर छोपी यसै

मनको यो गाँठो फुकाई दिन मन लागेको छ
तिमीलाई अंगालोमा लिन मन लागेको छ

दिलको ठाऊँ सजाएर तिम्रै निम्ति राखी सकें
थाहा पाको छकी छैनौ इसाराले डाकी सकें

धेरै धेरै धेरै माया दिन मन लागेको छ
तिमीलाई अंगालोमा लिन मन लागेको छ

गुलावको फूल टिपी दिन मन लागेको छ
तिमीलाई अंगालोमा लिन मन लागेको छ

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment