kailali

Saturday 1 September 2012


 एकीकृत नेकपा माओवादीले बहुपहिचानका आधारमा संघीयतामा जान तयार रहेको बताएको छ । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी माओवादी संघीयतामा एकल जातीय नभई वहुपहिचानलाई आधार बनाउन तयार रहेको बताउनुभएको हो । तर संसदीय चुनाव घोषणा गर्ने विषयमा भने माओवादी सहमत नहुने उहाँले बताउनुभयो । दलहरुबीच पछिल्लो समय गम्भीरतापुर्वक छलफल भइरहेको र त्यो छलछामका लागि बाहि देखाउन नभएको भन्दै निकासका लागि भएको बताउनुभयो । शनिवार तीन दलको बैठकमा तत्कालै सहमति गरेर पुर्ण संविधान ल्याउने, त्यसो गर्न नसके सहमति नभएका विषय मिलाउने जिम्मा संसदलाई दिने वा त्यसो गर्न पनि सहमति नभए विवादित विषय जनमतसंग्रह मार्फत टुंग्याउने प्रस्ताव पेश भएको उहाले बताउनुभयो ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment