kailali

Saturday 1 September 2012


तिमी विनाको एक्लो जीवन, बाच्नु कती दिन।
खुशी बिनको खोक्रो हाशो , हास्नु कती दिन।।

तिमीनै त एक थियौ ,मेरो मनलाई बासदिने।
बिछोडमा तड्पी प्रेम , गास्नु कती दिन।।

सम्झी रहन्छ मेरो मनले ,तिम्रै तस्विर आँखाभरी।
कोमल मनलाई निठुर , बनाई भाच्नु कति दिन।।

खुशी नै तिमी मेरो , तिमीनै सुर संगित पनि ।
ईतिहास सम्झी सम्झी, नाच्नु कती दिन ।।

टाढा हुँदैमा चोखो माया , मर्दैन कहिले पनी ।
यही एउटा कुरासँग जीवन , दाज्नु कती दिन।।
Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment