kailali

Saturday 1 September 2012

बारमासे फूल बनी ,फुलेर हिड्नु तिमी
बदलुझैँ आकासमा , डुलेर हिड्नु तिमी

सबैलाई खुसी पार्दै ,मन्को कुरा साट्दै
साथीभाइ सबै सँग ,जुलेर हिड्नु तिमी

निश्चल निरन्तर , खोला जस्तै सलल
बगी सधै वरिपरी , खुलेर हिड्नु तिमी

धनि होस् या गरिब ,एकै सम्मान सोची
वृद बालक सबै सँग ,घुलेर हिड्नु तिमी

मङ्सिर मास जता ततै ,पहेलो देखिने त्यो
धानको बाला झुले सरी ,झुलेर हिड्नु तिमी

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment