kailali

Sunday 2 September 2012


कसले चाहन्थ्यो संचिताका २ पति भिडाउन ?

नव नायक आकाश शाहसँग बिहे गरेको केही समयमा नै नायिका संचिता लुईटेलले डिभोर्स दिईन् । डिभोर्स भएको केही बर्षपछि उनले नायक निखिल उप्रेतीसँग बिहे गरेकी हुन् । हाल संचिताले एक छोरा र एक छोरीलाई जन्म पनि दिएकी छिन् । संचितासँग बिहे गरेपछि नायक उप्रेती मुम्बई छिरेका छन् । उता संचितासँग डिभोर्स भएपछि आकाश पनि मुम्बई छिरेका थिए । हाल निखिल र आकाश नेपालमा छन् । आकाश एक चलचित्रको प्रचारका लागि नेपाल आएका हुन् । निखिल सुत्केरी आफ्नो श्रीमती स्याहार गर्न नेपाल आएका हुन् ।
 संचिताका दुई श्रीमानलाई भिडाएर कसैले फाईदा लुट्न खोजेको थाहा भएको छ । निखिल र आकाशलाई रियल लाईफमा नभएर रिल लाईफमा निर्माता सुशिल पोखरेलले जुधाउन खोजेका थिए ।
भदौ २९ गते रिलीजमा आउन लागेको सुशिल निर्मित चलचित्र ‘वडिगार्ड’ मा नायक आकाश शाहले अभिनय गरेका छन् । निखिलले अभिनय गरेको चलचित्र ‘न बोले नि हाँसी राख न’ कात्तिकको ३ गतेबाट रिलीज हुदैछ । सुशिलले यि दुई सिनेमा एकसाथ जुधेको भए राम्रो पव्लिसिटी स्टन्ड हुने सोचेको थिए । तर फरक फरक मितिमा सिनेमा रिलीजमा आउँदा सुशिलको योजना पुरा हुन सकेन । यस्तै ‘न बोले नि हाँसी राख न’ का निर्देशक आर.वी.के शरदको चाहना पनि यस्तै नै रहेको वुझीएको छ । संचिताका २ पतिलाई जधुाएँर प्रचारको राम्रै उपाय अपानाउन कस्सिएका निर्माता र निर्देशकको चाहना अपुरो भएको छ ।


Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment