kailali

Tuesday 4 September 2012


रसियनको पहिरन सबैभन्दा झुर

4
दुनियामा सबैभन्दा झुर पोशाक लगाउने मान्छेहरु कुन देशका होलान् ? नेपाल जस्ता गरीब देशका मानिसहरुले नै सबैभन्दा झुर पोषाक लगाउँछन् होला भन्ने तपाइँको अनुमान हुनसक्छ । तर यदि यस्तो अनुमान गर्नुभयो भने तपार्इ गलत हुनुहुन्छ । दुनियामा पहिरनको बारेमा सबैभन्दाकम चेतना भएका वा झुर पहिरन लगाउनेहरुमा रसियनहरु पहिलो नम्बरमा छन् ।
विश्वका विभिन्न ६ देशका १२ हजार मानिसमा गरिएको सर्वेक्षणले रुसी मानिसहरु ड्रेस सेन्सको मामिलामा सबैभन्दा कमजोर छन् । स्काइ स्क्यानर नामको वेबसाइटले गरेको सर्वेक्षणका मुताविक रुसी मानिसहरु स्टाइल तथा फेसनमा खासै जोड दिँदैनन् । कतिपय रुसीहरुको पहिरन अधिक फेसनका कारण अश्लील र भद्दा हुन्छ भने कतिपयमा स्टाइल भन्ने नामो निसाना हुन्न ।
सर्वेक्षण अनुसार इटालियनहरु सबैभन्दा बढि स्टाइलिस पाइएको छ । रुसपछि सबैभन्दा झुर पहिरन लगाउनेमा नेदरल्याण्ड तथा टर्कीकामानिस परेका छन् । स्पेनीहरु फेसनतथा स्टाइलको मामिलामा इटालियन पछि दोश्रो स्थानमा रहेका छन् । राम्रा पहिरन लगाउनेमा फ्रान्सेलीहरु तेश्रो स्थानमा छन् । जर्मनहरु चौथो स्थानमा रहेका छन् ।

 

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment