kailali

Saturday 6 October 2012

नर्तकीले नांगिएपछि हेर्ने हैरान, आयोजकलाई आपत्…

भारतको हरियाणास्थित सुरजकुण्डमा चलिरहेको अन्तराष्ट्रि टाटु सम्मेलनमा एक जना विदेशी नर्तकीले मञ्चमै कपडा फुकालेर टपलेस बनेपछि दर्शक अचम्ममा परे भने आयोजकलाई आपत् नै पर्यो ।
सम्मेलनका दौरान आयोजित सांगितिक कार्यक्रममा नाच्नका लागि मञ्चमा गएकी स्पेनी नर्तकी सोफियाले नाच्दानाच्दै सरीरको माथिल्लो भागका कपडा फुकालेर पूरै टपलेस भइन् । सोफिया टपलेस भएपछि त्यहाँ एकछिन सबै अल्लमल्लमा परे, आयोजकलाई अब के गर्ने ? भन्ने दोधार भयो । तत्कालै आयोजकले उनीमाथि हस्तक्षेप गरे र मञ्चमै पुगेर उनको नांगो छातिमा पछ्यौरा लपेटिदिए र मञ्चबाट बाहिर लगे ।
यस्तो अश्लील हर्कत सोफियाले गरेपछि आयोजकले उनको हुर्मत लिने विचार गरेर किन यसो गरेको ? भनी सोधेछन् । सोफियाले भने त्यसलाई सहज रुपमा लिँदै फायर डान्सका बेला स्पेनमा नर्तकीले कपडा फुकाल्ने चलन भएकाले आफुले पनि त्यसै गरेको तर आफुलाई भारतमा यस्तो काम अपाच्य हुने कुरा आफुलाई थाहा नभएको बताइन् । आफुले गरेको टपलेस नाच सामान्य हो भन्दै उनले आफुले कुनै अश्लील हरकत नगरेको दाबी समेत गरिन् ।
आलोचकहरुले भने टाटू सम्मेलनमा मान्छेलाई आकषिर्त गर्नका लागि आयोजकले नै सोफियालाई मञ्चमा नांगिन लगाएका दाबी गरेका छन् ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment