kailali

Saturday 6 October 2012

सबैभन्दा बढि कमाउने हलिउडका हिरोइन

हलिउड अभिनेत्री, निर्माता, मिडिया मालिक तथा टेलिभिजन पर्सनालिटीको समेत बहुमुखी परिचय बनाएका चर्चित हलिउड सेलिब्रेटी ओपरा विन्फ्रे हलिउडमा सबैभन्दा बढि कमाउने महिला सेलिब्रेटी बनेकी छिन् ।
फोर्ब्स पत्रिकाले र्सार्वजनिक गरेको हलिउडका धनी अभिनेत्रीहरुको सूचिमा उनी लगातार चौथो पटक पहिलो नम्बरमा पर्न सफल भएकी हुन् ।
म्यागेजिनका अनुसार उनले सन् २०११ को मे देखि सन् २०१२ को मे सम्मको एक वर्षमा साढे १६ करोड अमेरिकी डलर कमाएकी छिन् ।
हलिउड सेल्रि्रेटीमा सबैभन्दा बढि कमाउने महिलाको दोश्रो नम्बरमा ब्रिटनी स्पेयर्श छिन्, उनले पछिल्लो एक वर्षमा ५ करोड ८० लाख डलर हात पारेकी छिन् । ५ करोड ७० लाख डलर कमाइ गर्दै तेश्रो नम्बरमा गायिका टेलर स्विफ्ट परेकी छिन् ।
गायिका रिहान्ना र इलेन डी गेनेरेस ५ करोड ३० लाख डलर कमाइका साथ संयुक्त रुपमा चौथो स्थानमा छन् । पाँचौ स्थान भने गायिका लेडी गागा र नायिका जेनिफर लोपेज संयुक्त रुपमा परेका छन् । उनीहरुको कमाइ समान अर्थात् ५ करोड २० लाख डलर छ ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment