kailali

Saturday 6 October 2012

रिक्सा चालकले २५ किलो सुन भेटाएपछि…



हाम्रो नेपालमा एक जना युवतीले लाखौँ पैसा र सुनको सिक्रि भेटाएर सम्बन्धित मान्छेलाई नै फिर्ता दिएको भन्ने झुटो कहानी तयार पारी वाहवाही कमाएको धेरै समय भएको छैन । पछि ती युवतीको कर्तुत पर्दाफास भयो र उनी एकाएक कलंकित भइन् । तर सबै मान्छे यस्ता ढँटुवा कहाँ हुन्छन् र – भारतमा एक जना रिक्सा चालकले सडकमा साँच्चीकै २५ किलो सुन भेटाए र इमान्दारीपर्ूवक प्रहरीलाई खबर गरेर जिम्मा लगाए ।
भारतको अहमदाबादस्थित नरनपूरामा झण्डै ८ करोड भारु मुल्य पर्ने एक भारी सुन भेटाउँदा पनि गरीब रिक्सा चालकले इमान्दारी देखाए र प्रहरीलाई खबर गरे । समाचार अनुसार बुधबार नरनपूराबाट हराएको २५ किलो सुनको बिस्कुट -गोल्ड बार) ती रिक्सा चालकले शुक्रबार सडकमै भेटाएका हुन् । उनले सडकमा सुन भेटाएपछि सिधै प्रहरीलाई खबर गरे अनी प्रहरीले उक्त सुन सुरक्षित रुपमा उठाएर लग्यो ।
उक्त सून दिल्लीको एक सेक्युरिटी र्फमको रहेछ । उक्त सुन एक ठाउँबाट अर्को ठाउँमा लैजाने क्रममा गाडिबाट खसेको रहेछ । सेक्युरिटी र्फमले अहमदाबाद पुलिसलाई आफ्नो २५ किलो सुन हराएको खोजी गरिदिन निवेदन पनि दिएको रहेछ ।
सेक्युरिटी र्फमका अनुसार उनको कम्पनीले न्युयोर्कको एक लजिस्टिक र्फमको ५ सय किलो सुन मुम्बइको स्कटिया बैंकलाई सुम्पने क्रममा अहमदाबाद एयरपोर्टसम्म  ढुवानी गर्दा एउटा २५ किलोको सुनको बिस्कुट बाटोमै खसेको थियो ।





Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment