kailali

Saturday 6 October 2012

श्रीमतीमाथि पाउरोटीको हमला, खानुपर्यो जेलको हावा



अहिले चाहे आफ्नो श्रीमती नै किन नहोस्, महिला भनेपनि डराउनुपर्ने बेला छ । कुनै महिलामाथि कर्के नजरले हेर्न तथा बोल्न समेत डर मान्नुपर्रछ , किनकी ती महिलालाई सनक चढ्यो भने यसलाई यौनहिंसा भन्दै उजुरी गर्छन् अनि हेरकै भरमा विचरो पुरुषले खानुपर्छ जेलको हावा । अझ कुटपिट र गालीगलौजको त कुरै छाडौँ ।
यस्तो हामीकहाँ मात्र हो की ? भन्ने तपाइँलाई लागेको छ भने ढुक्क हुनुहोस्, होइन । अमेरिकामा समेत एक जना पुरुषले यस्तै पीडा खेप्नुपरेको छ । श्रीमतीलाई पाउरोटीले हिर्काएको आरोपमा उनले ५ दिन जेलको हावा खानुपरेको छ ।
नेब्रास्कामा बस्ने ल्यारी स्परलिंग नामका ती अभागी पुरुषलाई शान्ति भंग गर्न खोजेको आरोपमा ५ दिनको जेल सजाय सुनाएको छ स्थानीय अदालतले । उनले घरझगडा हुँदा श्रीमतीलाई भान्साकोठामा गएर थुतुनो तथा अनुहारका अरु भागमा स्याण्डविच दलिदिएका थिए । बसाइँसराइको मामिलामा घरमा कचकच भएपछि तनावमा रहेका ल्यारीले भान्साकोठामा स्याण्डबीच बनाइरहेकी पत्नीको हातबाट स्याण्डविच खोसे र उनको अनुहारमा दलिदिए । श्रीमानको पाउरोटी आक्रमणबाट ती महिलाको अनुहारभरी तथा टाउकोमा समेत स्याण्डविच र क्रिम लागेको थियो ।
ल्यारीले अदालतमा समेत आफुले श्रीमतीमाथि गरेको उक्त आरोप स्विकारेका थिए ।

Neeraj sapkota sahajpur 7 bayala kailali nepal

No comments:

Post a Comment